अज्ञात समूहद्वारा गाउँपालिकाको इस्काभेटर तोडफोड

बिहीबार, कात्तिक ९, २०८०
Neuro hospital Nepalgunj

बैतडी । बैतडीमा अज्ञात समूहले गाउँपालिकाको इस्काभेटर तोडफोड गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका -६  कार्यालय अगाडि राखिएको बा प्र-०१–००४क १२१६ नम्बरको इस्काभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

उक्त इस्काभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ ।

तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्