मुर्ति विर्सजन गर्न जाने भक्तजनलाई गौरव स्मृति फाउण्डेशनले वितरण गर्यो निःशुल्क मिनरल वाटर

बुधबार, कात्तिक ८, २०८०

नेपालगन्ज । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज–४ ले  दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई नेपालगन्जमा निःशुल्क स्वच्छ खानेपानी( मिनरल वाटर)  वितरण गरेको छ । फाउण्डेशनले फत्तेबाल आँखा अस्पता अगाडी आज निःशुल्क पानीको व्यवस्था गरेको हो ।  

सामाजिक मानवियतासंगै भक्तजनहरुलाई खानेपानीको सहजताका लागि आज विहानदेखि स्वच्छ पिउने जल वितरण गरिएको फाउण्डेशनका संस्थापक उपाध्यक्ष करन शाहुले बताए ।

उनका अनुसार यस फउण्डेशनका सम्पुर्ण पदाधिकारी तथा स्वयम्सेवकहरु पानी वितरणको कार्यमा खटिएका छन । छोराको स्मृतिमा स्थापना भएको फाउण्डेशले सामाजिक सेवा तथा मानवियतासंग जोडिएका विषय तथा क्षेत्रमा सहयोगी रुपमा सेवा गर्दै आएको फाउण्डेशनका संरक्षक प्रदिप शाहले बताए । उनका अनुसार यो फाउण्डेसनद्धारा गरिब असाहय, तथा जोखिममा परेकाहरुलाई सहयोग लगायतका सामाजिक काम गरिने योजना रहेको छ ।

विगतको वर्ष जस्तै यस वर्ष पनि निःशुल्क पानी वितरण गर्न लागिएको फाउण्डेशनले जनाएको छ । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति दशैको भोली पल्ट अर्थात आज बुधवार विर्सजन गर्न जाने भक्तजन नागरिकहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण भईरहेको छ ।

नेपालगन्ज नगरका सम्पुर्ण मुर्तिहरुलाई राप्ती नदीको सिधनिया घाटमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने गरिन्छ । 

आज नेपालगन्ज नगर तथा राप्ती नदी आसपास विभिन्न स्थानमा भक्तजनहरुका लागि निशुःल्क स्वच्छ पानी वितरण भईरहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्