गम्भीर घाइते मनाङ एयरका पाइलट सेढाइँको उपचारका क्रममा निधन

बुधबार, कात्तिक ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका  क्याप्टेन प्रकाश सेढाइँको निधन भएको छ । पाइलट सेढाइँको मुम्बईस्थितनेसनल बर्न सेन्टर उपचारको क्रममा निधन भएको हो ।

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको (एन–एएनजे) कलसाइन भएको हेलिकप्टर एक हप्ता पहिले दुर्घटनामा परेको थियो । 

पाइटल सेढाईलाई फिस्टेलको हेलिकप्टरबाट काठमाडौँ ह्याम्स अस्पताल ल्याइएको थियो । 

त्यसपछि थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर पुर्‍याइएको थियो । उनको पचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्‍डयन प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्