अमेरिकी सेना विश्वमै एक नम्बरमा, नेपाली सेना १२९ औं स्थानमा

बुधबार, असार २७, २०८०

काठमाडौं । मिलिटरी स्ट्रेन्थले संसारभरकै सबैभन्दा शक्तिशाली सेनाको सूची सार्वजनिक गरेको छ ।

ग्लोबल फायर पावरको ‘मिलिटरी स्ट्रेन्थ लिस्ट-२०२३’ ले  डिफेन्स डाटा समावेश गरी संसारभरकै १४५ देशका सेनाको पावरको विश्लेषण गर्दै सूची सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको सूचीमा अमेरिकी सेना एक नम्बरमा रहेको छ। सूचीको दोस्रो नम्बरमा रुसी सेना रहेको छ ।  सूचीको तेस्रोमा चीन  र चौथो स्थानमा भारत छ । पाँचौँमा बेलायत छ । छैटौँमा दक्षिण कोरिया, सातौँमा पाकिस्तान, आठौँमा जापान, नवौँमा फ्रान्स र दसौँमा इटाली रहेको छ ।

यो सूचीमा नेपाल  १२९ औँ नम्बरमा छ । नेपाली सेनाको अवस्था अझ कमजोर बनेको फायर पावरको डाटाले देखाएको छ । 

सूचीमा समावेश १४५ देशहरूमध्ये भुटान सैन्य रूपमा सबैभन्दा कम शक्तिशाली देश हो। भुटान १४५, बेनिन १४४, मोल्डोभा १२३, सोमालिया १४२ र लाइबेरिया १४१ औँ स्थानमा छन्। 

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्