त्रिकोणात्मक टी-२० क्रिकेट: यूएई नेपालसंग ५ विकेटले पराजित

सोमबार, कात्तिक ६, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

आज पहिला ब्याटिङ गरेको यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौकाको मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९,  अल नासिर ९  र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले १/१ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्