बेल्जियमकी स्तुति बस्नेत टप मोडलको सेमी-फाईनलमा

सोमबार, कात्तिक ६, २०८०
Neuro hospital Nepalgunj

युरोप व्युरो, बेल्जियम। बेल्जियममा बालबालिकाहरुको सर्वाधिक लोकप्रिय कार्यक्रम टप मोडल बेल्जियम किड्सको सेमी-फाईनलमा बेल्जियम निवासी नेपालीमूलकी स्तुति बस्नेत पुगेकी छिन । 

स्तुति बेल्जियमस्थित टिनिन निवासी बुद्ध बस्नेत र सुनिता बस्नेतकी कान्छी सुपुत्री हुन् । स्तुति सानै देखि चन्चल स्वभावकी स्तुति अहिले पाँच बर्षकी भईन । प्राय जसो मावली हजुरआमा गीतासंग नाच्न, क्याटबाक गर्न र नेपाली पहिरनमा सजिएर बस्न रुचाउने स्तुती बेला बेलामा ठट्टा मजाक गर्न पनि रुचाउँछिन । 

उनलाई हजुरआमाले नेपाली भाषा बोल्न राम्रोसंग सिकाएकी छिन । स्तुतीको जन्म र पढाई बेल्जियमै भएता पनि उनी प्रष्टसंग नेपाली भाषा बोल्न सक्दछिन। 

स्तुतीका बुवा बस्नेतका अनुसार १२ अप्रिलमा आयोजक संस्था टप मोडल बेल्जियम किड्स एकेडेमीले ईच्छुक बालबालिकाहरुलाई अडिसनका लागि आब्हन गरेको थियो । सोहि आब्हन अनुसार उक्त कार्यक्रमको पहिलो अडिसन गत २९ अप्रेलमा इडेन स्टुडियो, मुन्समा भएको थियो । जस्मा स्तुती छनौट भएकी थिईन।

त्यसपछि भने उनी ६ सय २६ जनालाई पछाडि पार्दै अहिले सेमी फाइनलमा पुगेकी छिन । बुवा बस्नेतले स्तुतिको आगामी यात्रालाई अझ बढि प्रभावकारी बनाउन  र हौसला प्रदान गर्न टपमोडल बेल्जियम किड्सको पेजमा गएर १६७ नम्वर चयन गरी भोट हाल्न आग्रह गरेका छन् । टप मोडल बेल्जियम किड्सको यो भने २१ औं अडिसन रहेको छ । 

आयोजकहरुले बालकालिकाहरुरलाई नृत्य, क्याट वाक, भाषण लगायतका कला सिकाउने गरेको बस्नेत बताउँछन् भने सेमी फाइनल आगामी नोभेम्वरमा ५ का दिन आन्ट्रोपमा हुने छ। उक्त प्रतियोगितामा १ सय ११ जना सहभागिहरुले प्रतिस्प्रधा गर्ने छन् भने स्तुतिको भोटिङकोर्ड १६७ रहेको छ । 

आमा सुनिताले भने यो बेला छोरी स्तुतिको कला क्षेत्रलाई अगाडी बढाउन भोटिङगरी नावालक छोरीलाई हौसला प्रदान गर्न अनुरोध गरेकी छिन् ।   

 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्