रानीमहल घुम्न गएका एकै परिवारका ६ जनाको मृत्युमा रजहर वस्ती शोकमा

सोमबार, कात्तिक ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पाल्पाको रानीमहल नजिक हिजो ६ जनाको जीप दुर्घटनामा मृत्यु भएपछि रजहर बजारनै शोकमा डुबेको छ।

दसैंमा घुम्न गएका देवचुली-१६ रजहरका एकै परिवारका ६ जनाको पाल्पाको बैकुण्ठे भीरमा जीप दुर्घटना हुँदा मृत्यु भएपछि पुरै रजहर वस्ती शोकमा छ। 

हिजो रानीमहल जाँदै गरेको प्र-०१-२६ च ७२०९ नं को जीप बैकुण्ठे भीरमाबाट बराङ्गदी खोलामा खस्दा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नाती छन् ।  

दुर्घटनामा कारका चालक समेत रहेका वरचुलि माविका शिक्षक ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् ।  

दुर्घटनामा ईश्वरका बुबा कृष्णबहादुर लोहनी आमा पार्वती लोहनी, श्रीमती सबिना धिताल, सासू आमा चुना धिताल र दुई छोराहरू सबिस लोहनी, ईसब लोहनीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

कारका चालक समेत  रहेका शिक्षक ईश्वरबहादुर लोहनीलाई हेलिकप्टरबाट थप उपचारका लागी काठमाडौं लगिएपनि उनको अवस्था गम्भीर रहेको   देवचुली-१६ का वडा अध्यक्ष केशवराज गौतमले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्