बिजुली बाल्न स्थानीयको श्रमदान

आइतबार, कात्तिक ५, २०८०
Neuro hospital Nepalgunj

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका स्थानीय गत असारदेखि बिजुलीविहीन छन् ।

गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङस्थित सिवाखोला जलविद्युत आयोजना मर्मतका लागि प्रयास भइरहेको हो । 

देशैँमा बिजुली बाल्नका लागि स्थानीय एकजुट भएर श्रमदान गरिरहेका छन् ।

बाढीले करिब १ मीटर कुलो बगाएपछि दशैँको समयमा प्लाष्टिकको पाइप राखेर बिजुली बाल्ने प्रयास स्वरुप स्थानीय श्रमदानमा जुटेका हुन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्