सीता दाहालको आजै अन्त्येष्टि गरिने

बुधबार, असार २७, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

नेकपा माओवादी केन्द्रका अनुसार सीता दाहालको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

सीताको उपचारका क्रममा आज बिहान बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्