धादिङ केन्द्रविन्दु बनाएर ६.१ रेक्टरको भूकम्प

आइतबार, कात्तिक ५, २०८०
Neuro hospital Nepalgunj

धादिङ ।  आज बिहानै धादिङको खरी केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ७ः३९ बजे भूकम्प गएको हो । यो भूकम्पले काठमाडौँ उपत्यकामासमेत हल्लाएको थियो ।

त्यस्तै आपसपासका जिल्लामासमेत असर परेको छ । ठूलै धक्का भएकाले यसले ठूलै असर पार्नसक्ने अनुमान गरिएको छ । 

यसअघि गत असोज १६ गते बझाङमा केन्द्रविन्दू भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण साना ठूला गरी ६०१ ओटा पराकम्पन आएका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्