निर्माणाधीन ६ लेन सडकको खाल्डोमा एक पुरुषको शव भेटियो

शनिबार, कात्तिक ४, २०८०
Neuro hospital Nepalgunj

चितवन । चितवनको भरतपुरमा एक जना पुरुषको शव फेला परेको छ। भरतपुर-१० स्थित भाटभटेनी सुपरमार्केट नजिकैको निर्माणाधीन ६ लेन सडकको खाल्डोमा एक व्यक्तिको शव फेला परेको चितवन प्रहरीले जनाएको छ।

चितवन प्रहरीका अनुसार आज दिउँसो १ बजे  भरतपुर-१० कै  अन्दाजी ४५ वर्षीय प्रकाश आले मगरको शव फेला परेको हो। मृतक आले मगर  शारीरिक अपांगता भएको व्यक्ति रहेको र नाला तर्ने क्रममा खसेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।

प्रहरीले शवलाई पोष्टमर्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ भने घटनाको थप अनुसन्धान सुरू गरेको चितवन प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्