भेरीको ओपिडी सेवा बन्द

शनिबार, कात्तिक ४, २०८०

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको सम्पूर्ण ओपिडी सेवा आजदेखि बन्द भएको छ ।

नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा आजदेखि ९ गतेसम्म अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरु बन्द भएको अस्पतालले जनाएको हो ।

भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश कुमार चौधरीले एक सूचना जारी गर्दै कार्तिक ४ गतेदेखि ९ गतेसम्म दशैं बिदा परेकाले अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरु बन्द रहने र इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु यथावत रुपमा सन्चालनमा रहने जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्