प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

बुधबार, असार २७, २०८०

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधन भएको छ । 

सीताको आज बिहान बिहान ८ः३३ बजे  उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

सीता बिरामीका कारण  लामो समयदेखि ओछ्यान पर्दै आएपनि आज बिहान उनलाई हृदयाघात भएको थियो ।

अहिले प्रधानमन्त्री प्रचण्डका साथै शिर्ष राजनीतिक दलका नेताहरु लगायत  पार्टी कार्यकर्ताहरु पनि नर्भिक अस्पताल गएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्