जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, कात्तिक ३, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको देउखुरीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीको ज्यान गएको हो । 

काठमाण्डौबाट सुर्खेतका लागि आएको बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई गएराति राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । 

घाइते भएका चौधरीको सिंसहनिया स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिंसहनियाले भालुवाङ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्