ठुलो संख्यामा इन्सपेक्टर र असईमा भर्ना खुल्यो

शुक्रबार, कात्तिक ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीतर्फ  ठुलो संख्यामा भर्ना खुलेको छ। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) तर्फको पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले दरखास्त फारम  कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म भर्न सकिने जनाएको छ। इन्सपेक्टर पदको हकमा अनलाइनमार्फत् र असई पदमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने नक्सालले एक सूचनामा जारी गरेको हो।

निवेदकले इन्सपेक्टरका लागि १२ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।

असईमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ । जनकारीका लागि तलको सूचना हेर्न सकिने छ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्