त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित

बुधबार, कात्तिक १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपालले विजयी शुरुआत गरेको छ। 

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्यो । जितका लागि १४१ रनको चुनौती पछ्याएको नेपालले ७ बल खेल्न बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

चौथो विकेटका लागि ९५ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले ४० बलमा ५१ तथा दिपेन्द्र सिंह ऐरीले २३ बलमा ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ तथा कुशल मल्ल ११ रनमा आउट भए । 

यसअघि यूएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । 

बसिल हमिदले ५१ तथा अलि नसिरले ३२ रन बनाए । करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए । 

त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा बिहीबार नेपालले हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्