प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

बुधबार, कात्तिक १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका  प्रचण्ड कोरला नाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

प्रचण्डले मुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।

चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमति पत्र वितरण गरिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्