त्रिदेशीय टी-२० सिरिज अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै

बुधबार, कात्तिक १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । त्रिदेशीय टि-२० सिरिज अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ। नेपाल र यूएईले आज दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा त्रिदेशीय टि-२० सिरिजको पहिलो खेल खेल्न लागेका हुन् । 

त्यस्तै नेपालले दोस्रो खेल  हङकङबीचको खेल शुक्रवार खेल्नेछ।

यूएईसँग पहिलो पटक घरेलु मैदानमा टि-२० खेल्न लागेको हो।नेपालले हालसम्म यूएईलाई टि-२० मा २ पटक हराएको छ भने  युएईले ३ वटा खेल जितेको छ।

लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड हुनेछन् भने  फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने भएको छ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्