कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

बुधबार, कात्तिक १, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । गत शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका केदार कार्कीले आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस संस्थापन इतर समूहका कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेकपा एमालेका ३९ जमा प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) ले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय अझै गरेका छैनन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्