एनआरएनएलाई सरकारले प्रदान गर्यो गैर आवासीय नागरिकता

मंगलबार, असोज ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गैर आवासीय नेपालीलाई सरकारले आज नागरिकता प्रदान गरेको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान गैर अवासीय संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र डा. बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।

गैर आवासीय नेपाली नागरिक प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् । 

गैर  आवासीय नेपाली नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।

आजदेखि गैर आवासीय नेपाली नागरिकता वितरण सुरु भएको छ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्