एनआरएनए ११ औं महाधिवेशन आजबाट सुरु हुँदै

मंगलबार, असोज ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशन आजबाट सुरु हुँदैछ।

११ औं  अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आजदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो। 

नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् ।

वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् । 

यसैबीच आज  बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गर्दैछन्। उनले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्न लागेका हुन्।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्