भानु जयन्तीमा गण्डकीमा सार्वजनिक बिदा

बुधबार, असार २७, २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले भानु जयन्तीका दिन  सार्वजनिक बिदा दिएको छ । 

गण्डकी प्रदेश सरकार सूचना जारी गर्दै असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जानकारी दिएको छ।

भानु जयन्तीका अवसरमा  प्रदेशभरका सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्था बन्द हुनेछन् । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्