आजदेखि देशभर नयाँ नोट साट्न पाइने

सोमबार, असोज २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि दशैंका लागि नयाँ नोट साट्न सुरु भएको छ।  नेपाल राष्ट्र बैंकले आजदेखि  प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने जनाएको छ ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्