लेखा अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ

बुधबार, असार २७, २०८०

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

लेखा अधिकृत पोखरेलले सेवाग्राहीबाट १ लाख घुस लिएको अवस्थामा बर्दिबासस्थित  अख्तियारक टोलीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पोखरेलसँग आबश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्