वैजापुर क्षेत्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २३ घाइते

आइतबार, असोज २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको पश्चिमी राज्य महाराष्ट्रमा पर्ने वैजापुर क्षेत्रमा आज बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएको भारतीय प्रहरीले बताएको छ। 

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो । 

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान शुरू गरेको जनाएको छ । एजेन्सी।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्