कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा, पुगे शेखर निवासमा

शनिबार, असोज २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की आज साँझ काठमाडौं आइपुगेका छन् । विराटनगर विमानस्थलबाट काठमाडौं अवतरण गरेर कार्की  सिधै डा.शेखर कोइराला निवास पुगेका हुन् ।  

भोलि पद तथा गोपनियताको सपथ लिनुअघी मुख्यमन्त्री कार्की कोइरालालाई भेट्न् काठमाडौं आएका हुन् ।

नेपाली कांग्रेसका कार्कीलाई नेकपा एमालेका ३९ र कांग्रेस  कार्कीसहित ८ सांसदको समर्थनमा प्रदेश प्रमुखले आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले कांग्रेसका अन्य नेताहर्यलाई समेत भेट्ने बताइएको छ। उनी भोलि विराटनगर फर्कनेछन् । मुख्यमन्त्री कार्की कांग्रेसमा कोइरालाका खेमाका हुन् ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्