अभिनेता सारुक झुण्डिएको अवस्थामा मृत भेटिए

शुक्रबार, असार २२, २०८०

काठमाडौं । नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार  काठमाडौं रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  

ताम्राकार गएराती ११ बजे घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिषर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार ताम्राकारले आत्महत्या गरेको देखिएको छ । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका ताम्राकारको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । 

उनले आत्महत्या गरेको कारणको सत्यतथ्य अझै खुल्न नसकेको प्रहरीले जनाएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्