इजरायल-हमास लडाइँमा कम्तीमा ३ हजारको मृत्यु, कुन देशका कतिले गुमाए ज्यान?

शनिबार, असोज २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गत शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासले दक्षिणी इजरायली शहरमाथि आक्रमण गरेयता इजरायलले हमासविरुद्द जवाफी आक्रमण गरिरहेको छ। हमासको आक्रमणमा इजरायलमा कम्तीमा १२ सय बढीले गुमाएका छन् ।

त्यस्तै इजरायलको जवाफी आक्रमणमा गाजामा ज्यान गुमाउने २२ सय बढी पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणमा  ७२४ बालबालिका र ४५८ जना महिला पनि मारिएका छन् ।

हमलामा ८ हजार ७ सय १४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा ३२४ जना मारिएको जनाएको थियो ।

हमासले गरेको आक्रमणमा इजरायलमा रहेका सयौं विदेशी नागरिकहरुले पनि ज्यान गुमाएका छन् । जसमा सबभन्दा बढी अमेरिकाका २७ , थाइल्यान्डका २४, फ्रान्सका १५, १० नेपाली , अर्जेन्टिनाका ७,  ७ युक्रेनी,  ४ रुसी, इंल्याण्डका ४, ४ जना चीलीका नागरिक मारिएका हुन् ।

त्यस्तै हमासको आक्रमण अष्ट्रियाका ३, ३ जना बेलारुसीयन , ३ जना फिलिपिनी , २ जना ब्राजिलियन, पेरु र रोमानियाका समान २-२ जना  नागरिक मारिएका थिए।

यसैगरी हमासकै आक्रमणमा आयरल्याण्ड,पोर्चुगल,स्पेन, स्विट्जरल्याड, अजरबैजान, कम्बोडिया, अष्ट्रेलिया कोलम्बिया र पाराग्वेका १-१ जनाले ज्यान गुमाएका हुन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्