कोशीका नवनियुक्त मुख्यमन्त्रीले भने-' मध्यावधि रोक्न सांसदहरुले मलाई रोज्नुभयो'

शनिबार, असोज २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नवनियुक्त कोशी सरकारका मुख्यमन्त्री केदार कार्कीले सांसदहरूले आफूलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न मुख्यमन्त्री बनाएको बताएका छन् ।

मुख्यमन्त्री नियुक्त बनेपछि कार्कीले भने-"पटकपटक गठबन्धनबाट सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न नेकपा एमालेका सांसदहरूले आफूलाई समर्थन गर्नुभयो।"

कुनै पार्टीको समर्थनमा नभई संविधानको धारा १६८ (५ )को व्यवस्था अनुसार बहुमत सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उनले बताउदै अब कोशीमा मध्यावधि निर्वाचन नहुने बताए।

'आफु संविधानले देखाएको बाटो अनुसार मुख्यमन्त्री नियुक्त भएको हो,’ उनले भने, ‘ गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो । त्यसैले सांसदहरूको एकरुपताले मध्यावधिको बाटो राकेको हो ।’

संविधान र ऐनले दिएको मुख्यमन्त्रीको कामकारबाही गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका ३९ सांसदको समेत समर्थन जुटाएर  कार्कीको पक्षमा बुहुमत पुर्‍याएका हुन् । आज बिहान कोशी प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्