सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

शनिबार, असोज २७, २०८०
Neuro hospital Nepalgunj

सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकोप्टर  आज बिहान  दुर्घटनामा परेको हो । 

सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । बिहान ७ः२५ मिनेट हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकोप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताएका छन्।

हेलिकोप्टरमा पाइटल पीके सेढाईमात्र थिए । उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै उपचारका लागि ह्याम्स अस्पतालमा ल्याइएको छ। 

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको छ । मौसम सफा भएपनि दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्