कोशीमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त

शनिबार, असोज २७, २०८०

विराटनगर । कोशी प्रदेशको नयाँ  मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदलाई  प्रदेश प्रमुखले  सनाखतका गर्दै बहुमतका आधारमा कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका छन्  । मुख्यमन्त्री नियुक्त भएका कार्की डा. शेखर कोइराला समूहका हुन् ।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्