भोलि मात्र कोशीले मुख्यमन्त्री पाउने

शुक्रबार, असोज २६, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशीको मुख्यमन्त्री नियुक्ति प्रक्रिया शनिबारमात्र थालिने भएको छ ।  शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुले हस्ताक्षर गरेर मात्रै कोशी मुख्यमन्त्री नियुक्ति दिने प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ । 

मुख्यमन्त्रीमा इन्द्र आङबो र केदार कार्कीको समान ४७ सांसदको हस्ताक्षरसहित दाबी पेश भएपछि अब फेरि सांसदहरुको हस्ताक्षर भएपछिमात्र मुख्यमन्त्री नियुक्त गर्ने उनले बताएका हुन् । 

प्रदेश प्रमुख खापुङलाई केन्द्रको दबाब आएको बुझिएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा सर्वसम्मत गरेर आए माओवादीले दाबी फिर्ता लिने बताएपछि कांग्रेस छलफलमा जुटेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी फिर्ता लिन कार्कीलाई दबाब दिइरहेका छन् । उनले डा। शेखर कोइरालालाई दाबी फिर्ता गर्न आग्रह गरेका हुन् । 

तर कोइरालाले भने दाबी फिर्ता नहुने बताएपछि फेरि देउवा निवासमा छलफल चलेको छ । कांग्रेसले प्रदेशको नेतृत्व नछाड्ने भन्दै कार्कीले कांग्रेसभित्रै विद्रोह गरेर कांग्रेसका आठ मात्रै र एमालेका ३९ सांसदको समर्थनसहित बहुमत जुटाएका हुन् । 

अर्कातर्फ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेसकै समर्थनमा दाबी पेश गरेका थिए । तर ती दाबीमध्ये आठ जनाले भने सशरीर उपस्थित भएर कार्कीलाई समर्थन गरेका हुन् । 

योसँगै आधिकारिक रुपमा कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री बनाउनु पर्ने भए पनि केन्द्रको दबाबले उनले कार्कीलाई नियुक्त नगरेको बुझिन्छ। 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्