ब्राजिल भेनेजुयलासँग बराबरीमा रोकिंदा अर्जेन्टिनाले पाराग्वेलाई हरायो

शुक्रबार, असोज २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आगामी विश्वकप २०२६ का लागि  दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिना विजयी बन्दा ब्राजिल बराबरीमा रोकिएको छ।

आज बिहान  विहान भएको खेलमा ब्राजिल र भेनेजुयलाबीच  १-१ गोलको बराबरी भएको हो। त्यस्तै अर्जेन्टिनाले  पाराग्वेलाई १-० गोलले  हराउँदै लगातार तेस्रो जित निकालेको छ।

ब्राजिलका लागि ग्राबेल जेससले ५० मिनेट गरे गरेपनि भेनेजुयलाका बेलोले ८५ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।

अर्जेन्टिनाका लागि  निकोलास ओटामेन्डीले तेस्रो मिनेटमै गरेको गोलनै निर्णायक बनेको हो। तेस्रो जितबाट अर्जेन्टिनाको ९ अंक छ्म भने ब्राजिलको २ वटा  जित र एक बराबरीमा ७ अंक छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्