'हामी नेपाली भन्दा पनि हमासले गोली हानिरहे'

शुक्रबार, असोज २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । द्वन्दग्रस्त इजरायलबाट आज बिहान २५४ जना नेपालीलाई सरकारले काठमाडौं ल्याएको छ। प्यालेस्टाइनी आतंकबादी समूह हमासको आक्रमणपछि जवाफी आक्रमणमा इजरायल उत्रिएपछी हाल इजरायल द्वन्दग्रस्त बनेको छ।

काठमाडौं ल्याइएका नेपालीहरुले उद्दार गरेको सरकारलाई विशेष धन्यवाद दिएका छन् । सरकारले  द्वन्दबाट आफ्ना छोराछोरीलाई बचाएकोमा उनीहरुका परिवार  सरकारप्रति आभारी रहेको बताएका छन् ।

उद्दार गरि ल्याइएका नेपाली भन्छन् -" हमास आतंकवादी आउँदा हाम्रा नेपाली साथीहरूले वी आर नेपाली , वी आर फ्रम नेपाल" भन्दा हमासले गोली हानेर हाम्रा साथीहरुलाई मारिरहे। त्यो एकदम कहालीलाग्दो क्षण रहेको उनीहरुले विमानस्थलमा बताए।

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए । 

सकशल नेपाल फर्केपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारलाई धन्यवाद दिएका छन् । त्यस्तै सकुसल फर्केकाका परिवारमा खुशी छाएको छ । 

“इजरायको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ। जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।”

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरेल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरेल सरकारसँग समन्वय भइरहेको मन्त्री साउदले जानकारी दिए ।

“कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरेलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उनहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु”, उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्