बाँकेमा लापसे जाँच , भोलीदेखि तै चुप मै चुप

मंगलबार, असार २६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाँकेमा पहिलोपटक लागूपदार्थ सेवन (लापसे) जाँच शुरु गरिएको छ । 

सवारी साधन चलाएका व्यक्तिले लागू पदार्थ सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । मादक पदार्थ सेवन (मापसे) जाँच गरे जस्तै लापसे जाँच पनि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना र अपराध बढेको भन्दै बाँके प्रहरीले लापसे जाँच शुरु गरेको हो । लापसे गरेको पाइएसंगै कारवाहीसंगै काउन्सिलिंग गर्ने प्रबक्ता डाँगीले बताए । 

"लागूऔषध न्यूनीकरण तथा सवारी दुर्घटना रोकथाम” अभियान अन्तरगत लागूपादर्थ सेवन सम्बन्धि किटको प्रयोग गरी सवारी चालकहरुले लागूपादर्थ सेवन गरे नगरेको परीक्षण गरिनेछ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्