इजरायलमा फसेका नेपालीलाई लिन आफैं गए परराष्ट्रमन्त्री

बिहीबार, असोज २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  इजरायलमा फसेका नेपालीलाई लिन  परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल गएका छन् ।

परराष्ट्रमन्त्रीसहितको टोली आज बिहान ३ बजे  नेपाल एयरलाइन्सको जहाजबाट इजरायल गएको हो। नेपाल एयरको जहाज गए राति ११ बजे जाने भएपनि उक्त जहाज आज बिहान ३ बजे इजरायल उडेको हो।

इजरायलबाट एक पटकमा २५८ जनालाई लिएर आउने बताइएको छ ।  यसैबीच इजरायलबाट  २८० बढीले नेपाल फर्किन चाहेको भनी इजरेलमा रहेको नेपाली दूतावासमा नाम दर्ता गराएका छन् । 

त्यसैगरी इजरेलमा मारिएका १० जना नेपालीको शव ल्याउन भने केही ढिलाइ हुने भएको छ । इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्र शव नेपाल ल्याइने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्