जित्ने लक्षसहित नेपाल लाओसविरुद्द आज दशरथ रंगशालामा खेल्दै

बिहीबार, असोज २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज नेपालले लाओसविरुद्द फुटबल खेल्दैछ। विश्वकप फुटबल छनोटको पहिलो लिगमा नेपालले आज लाओसविरुद्ध खेल्न लागेको हो । खेल दशरथ रंगशालामा आज साँझ साढे ५ बजे शुरु हुनेछ । लिगको दोस्रो खेल आगामी मंगलबार लाओसको मैदानमा हुनेछ । 

यो खेल एसिया कपको पनि छनोट रहेको छ । नेपालले आफूअनुकूल नतिजा निकाल्नेमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस ढुक्क देखिन्छन् । लाओस नेपालका लागि त्यस्तो प्रिय प्रतिद्वन्द्वी हो जसका विरुद्ध नेपालले अहिलेसम्म हार बेहोर्नुपरेको छैन । 

दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । सिनियर अधिकांश खेलाडी अष्ट्रेलिया पलायन भएपछि केही युवा खेलाडीलाई समावेश गर्दै नेपालले टिम बनाएको छ । 

विश्वकप छनोटकै लागि भनेर लामो समयदेखि तयारी गरिरहेको प्रशिक्षक एनिसले बताएका छन्। उनले नेपालले विगतभन्दा फरक फुटबल खेल्ने दाबी गरेका छन् । उनले नेपाली टिम ट्याक्टिकल र फिजिकल रुपमा निकै बदलिएको दाबी गरेका छन् ।  

कप्तान किरण चेम्जोङ समेत लाओसविरुद्ध खेल्न आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् । 

नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जिव विष्टले पहिलो पटक स्थान बनाएका छन् भने विदेशमा व्यवसायीक फुटबल खेलिरहेका कप्तान चेम्जोङ सहित रोहित चन्द र मनिष डाँगी राष्ट्रिय टिममा यथावत छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्