बझाङमा फेरि गयो ५.२ रेक्टरको भूकम्प

बिहीबार, असोज २५, २०८०
Neuro hospital Nepalgunj

बझाङ । बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ ।  गएराति १२ बजेर २२ मिनेटमा भूकम्पको धक्का  गएको हो । फेरि पनि धक्का बझाङ केन्द्रबिन्दु बनाएर गएको हो । 

५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसलाई पराकम्पन भनिएको छ । 

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएदेखि २० गतेसम्म लगातार ४ रेक्टर स्केलमाथिमा एक दर्जन पराकम्पन आएका थिए । 

उक्त भूकम्पले घर भत्काउँदा एक जनाको ज्यान गएको थियो भने दर्जन बढी घाइते भएका थिए । सयौँ घर भत्केका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्