चेतन मानन्धर प्रकरणले लियो नयाँ मोड, प्रत्यक्षदर्शी भन्छनः घटनास्थलमा थिएनन् रिगल

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज।आठवर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ । घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल(रिगल) उक्त स्थानमा नभएको बताएका छन् । मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना हुँदा घटना स्थलमा रिगल नभएको खुलासा गरेका हुन ।

चेतनमाथि आक्रमण भएपछि उपचारको लागि नेपालगन्ज नर्सिङ होममा लग्ने युवाहरुले नै घटनालाई राजनितिकरण गर्ने प्रयास गरिएको बताएका छन् । चेतनलाई घटना स्थलबाट उपचार गर्न लग्ने व्यक्ति हुन नेपालगन्ज–४ बसपार्कका हिमाल नकबाघ । घटनाका प्रत्यक्षीदर्शी हिमालले घटना हुँदा रिगल उक्त स्थानमा नभएको खुलासा गरेका हुन । उनले भने,‘घटना हुँदा म चेतनदाईको साथमा थिए । हाम्रो समुहलाई आक्रमण भएको थियो । तर त्यतिबेला रिगल दाई त्यहाँ थिएन् । राजनितिक रुपमा रिगलदाईलाई फसाईएको हो । अहिले पनि फसाउने प्रयास गरिदैछ ।’

सडक निर्माणको ठेक्का र अन्य काममा आफनो वर्चस्व गुम्ने डरका कारण बाँके एमालेका नेताहरुले रिगललाई फसाउन लगानी गरिरहेको उनले आरोप लगाए । नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले खुलासा गरे ।

घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटना स्थलमा नभएको बताएका छन् । चेतनालाई छबिलाल बस्नेतले आक्रमण गरेको बताउँदै विनयले भने,‘छबिलालको समुहले हामीमाथि आक्रमण गरेको हो । रिगल ढकालले होइन । अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरी फसाउन खोजेका छन् ।’

अर्का प्रत्यक्षदर्शी नेपालगन्ज धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिती नरहेको बताएका छन् । राजनितिक प्रतिसोधका कारण ढकाललाई फसाउने काम भैरहेको भन्दैं गुरुङले आम जनतासमक्ष रिगल निर्दोश भएको बताए ।

नेपालगन्जको धम्बोझीमा २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो । उक्त घटनामा मानन्धरको मृत्यु भएपछि ढकाललाई राजनितिक प्रतिसोध साध्नको लागि फसाइएको थियो ।
आठ वर्षको जेल सजाय पछि कैद मिनाह गरेर आएपछि ढकालको बारेमा सामाजिक संजालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन्।
चेतनकी पुर्व पत्नी भारतीले ढकाललाई सजाय हुनु पर्ने भन्दैं काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् । दाङ कारागारमा रहँदा भारतीले आफुसँग ५० लाख रुपैयाँ मागेको ढकालले सार्वजनिक रुपमा बताएका थिए ।

आर्थिक प्रलोभन, उस्काहट र राजनितिक प्रतिसोध साध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाए । मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो विवाह गरेकी थिईन । आफु दाङ कारागारमै भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ ढकालले बताए । तर आफुले छोराको सम्पुर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएपनि ५० लाख भने दिन नसक्ने बताएको ढकालले बताए । यता भारतीले पनि आफुप्रति लगाएका आरोपको खण्डन गर्दै आएकी छिन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २३:०५
प्रतिक्रिया दिनुहोस्