सरकारलाई जनचाहना अनुसार काम गर्न सचेत बनाइरहेका छौं: माधव नेपाल

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर । सत्ता गठबन्धनलाई सही बाटोमा हिंडाउन आफ्नो पार्टीले प्रेरित गरिरहेको नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले   बताएका छन् ।

नेकपा एकीकृत समाजबादीले थालेको 'समाजबादी जागरण अभियान २०८०' अन्तर्गत आज कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताका दुस्ख र पीर-मर्कामा केन्द्रित भएर काम गर्न आग्रह गरे।

नेपालले देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारप्रति जनभरोसा बढाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले जनचाहना अनुसार काम गर्न सरकारलाई सचेत बनाइरहेको बताए ।

आफ्नो पार्टी गरिव र सर्वहारा जनतासंग जोडिएर काम गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि बढेको उल्लेख गर्दै नेपालले विचार मिल्ने शक्तिहरुलाई एकीकृत गर्दै समाजबादी मोर्चा बनाउने अभियानमा लागेको बताए । उनले आफ्नो पार्टीसंग जोडिएर समाजबादी अभियानमा सरिक हुन आह्वान समेत गरे ।

जनसभालाईलाई वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतले सम्बोधन गरेका थिए  ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्