ओलीको स्वागत गर्न सुरक्षा घेरा तोडेर जनकपुर विमानस्थलको धावनमार्गमै एमालेका कार्यकर्ता

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

जनकपुर। एति एयरको जहाजमा जनकपुर विमानस्थलमा अवतरण भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न पुगेका एमालेका नेता कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेर जहाजको ढोकासम्म गएको घटनाले तरंग फैलिएको छ।

आज बिहान मधेश प्रदेशको अधिवेशनलाई उदघाटन गर्न पुगेका एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु  जनकपुर  विमानस्थलको धावनमार्गमै पुगेको घटनालाई लिएर विमानस्थल कार्यालयले प्रहरीलाई पत्राचार गर्ने बताएको छ।

विमानस्थल जस्तो स्थानमा सुरक्षा संवेदनशीलतालाई लत्याउदै नेता कार्यकर्ता विमानस्थलको धावनमार्गसम्म पुगेको घटनामा प्रहरी लाचार बनेको पाइएको छ। तर त्यसरी धावनमार्गमा पुग्दा एमालेका नेतालाई प्रहरीले मात्रै नभएर विमानस्थलका कर्मचारीले नरोकेको पाइएको छ।

जनकपुर विमानस्थल कार्यालयका अनुसार विमानस्थलको सम्पुर्ण सुरक्षाको जिम्मा प्रहरीलाई हुन्छ तर आज पुरै हुल धावनमार्गसम्म पुग्दा नरोकेको पाइएको हो। तर विमानस्थलले यस्तो भनेपनी कसलाई जान दिने भनेर विमानस्थलको हातमा हुने हुँदा आजको घटनाले नयाँ तरङ्ग पैदा गरेको हो।

विमानस्थल प्रहरीले त्यो भिडलाई रोक्न खोज्दा खोज्दै जबर्जस्ती पसेको प्रहरीले बताएको छ।  यता यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको बताएका छन् ।

त्यसबेला मधेस प्रदेशका प्रहरी प्रमुख लगायत धनुषाका प्रमुख जिल्ला अधिकारीसमेत त्यहा उपस्थित थिए।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्