राहुल महरासहित ४ जनाविरुद्द भेपमा सुन तस्करी प्रकरणमा मुद्दा दायर

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध सुन तस्करी गरेको अभियोगमा मुद्धा दायर भएको छ । 

सरकारी वकिल कार्यालयले राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौँ बस्ने दावा छिरिङ र काठमाडौँका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादी ४ मध्ये निमा फरार छन् । 

उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । 

उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रतिवादीहरूलाई कसुरको प्रकृति अनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्