मिनेटखबरडटकमलाई पत्रकार महासंघका पूर्व महासचिव केसीद्वारा शुभकामना

मंगलबार, असार २६, २०८०

काठमाण्डौ । डिजिटल पत्रकारिताको उच्चतम् अभ्यास गर्ने गरी आजदेखि अनलाइन पोर्टल मिनेटखबरडटकमले परीक्षण प्रकाशन सुरु गरेको छ ।

काठमाण्डौमा मुख्य कार्यालय राखेर आजदेखि परीक्षण प्रकाशन थालेको मिनेटखबरडटकमलाई नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले सफलताको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई सन्देश दिँदै केसीले आजदेखि देशको राजधानी काठमाण्डौबाट मिनेटखबर डटकमले परीक्षण प्रकाशन गरेको थाहा पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, "परीक्षण प्रकाशन पश्चात बैधानिक प्रक्रिया पुर्याएर व्यवसायिक पत्रकारिताको  मर्म र भावनालाई आत्मसाथ गर्दै मिनेटखबरडटकम छिट्टै नियमित प्रकाशनमा गई आम पाठक तथा दर्शकहरूको मन जित्न सफल होस् हार्दिक शुभकामना ।"

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्