इजरायलमा रहेका नेपाली सुरक्षित स्थानमा, स्वदेश फर्किन चाहनेको संख्या बढ्दै

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । इजरायल र हमासबीचको लडाइँ जारी रहदा तनावग्रस्त ग्रस्त बनेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रमा रहेका कृषि फार्मका सबै ५५  नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

इजरेलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ । 

उक्त दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा व्यापक खोजी भइरहेको छ । 

नेपाल फर्कन चाहने तीन सय ५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया प्रारम्भ गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्