तलब दिन नसकेपछि वीरका कर्मचारी हटाइएको हो: स्वास्थ्यमन्त्री

मंगलबार, असोज २३, २०८०

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले वीर अस्पतालमा कार्यरत २७६ जना कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको सुनाए ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २ सय ७६ जना करारका कर्मचारीलाई स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार एकै पटक सेवाबाट हटाएको थियो । 

वीरले सबैभन्दा बढी  बिरामीको उपचार गर्दै आएकामा यसरी स्वास्थ्यकर्मी हटाइएपछि भने सेवामा पनि कमी आएको छ । 

सञ्चालनमा रहेका ५९ बेड आईसीयूमध्ये सोमबारदेखि नै २३ बेड बन्द भएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्