हमासविरुद्दको आक्रमणलाई कडा पार्दै इजरायल, लाखौं सेना हमासको क्षेत्रमा

मंगलबार, असोज २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्यालेस्टाइनी लडाँकु समूह हमासविरुद्द इजरायकलले आक्रमणलाई तिब्र बनाएको छ। हमासविरुद्दको निर्णायक युद्धमा इजरायलले ३ लाख रिजर्भ सैनिक पनि खटाएको छ । 

गाजा पट्टीको घेराबन्दीका कारण तेस्रो दिन पनि विद्युत्, इन्धन र खाद्यवस्तुको आपूर्ति बन्द भएको छ । यसैको दबाबमा हमासले युद्ध विरामको प्रस्ताव गरेको छ । 

वरिष्ठ नेता मुसा अबु मारजुकले लक्ष्य हासिल भएको र इजरायलसँग सम्भावित युद्ध विराममा वार्ता गर्न तयार रहेको बताएका छन् । 

गाजा पट्टीसँग जोडिएको दक्षिणी इजरायललका शहर र बस्तीहरूमा इजरायली सेनाले हमासकाहरूको खोजी जारी राखेको छ। 

युद्धमा दुवै पक्षबाट अहिलेसम्म १ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । हमासको आक्रमणमा १० नेपालीले पनि ज्यान गुमाएका छन् । उनीहरुको शव ल्याउन सरकारले प्रक्रिया थालेको छ । 

इजरायलमा मात्रै ७३ सुरक्षाकर्मीसहित ९ सय जनाको ज्यान गएको छ भने गाजा स्ट्रिपमा इजरेलको प्रतिकारात्मक कारबाहीमा ६८७ प्यालेस्टाइनीले ज्यान गुमाएका छन् । 

इजरायली  सेनाका प्रमुख प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले दक्षिणी इजरेलका २४ क्षेत्रमध्ये १५ वटा हमासको नियन्त्रणबाट खाली गरिसकिएको र बाँकीलाई २४ घण्टाभित्र मुक्त गरिने बताए । 

काँडेबार तोडेर हमासहरु प्रवेश गरेका ठाउँमा ट्याङ्क्ससहित सेना तैनाथ गरिएको हगरीले बताए । ड्रोन मार्फत घुसपैठ अनुगमन भइरहेको छ। 

हालसम्म ३ लाख रिजर्भसहित करिब ५ लाख सैनिक खटाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्