रसुवा मिनी ट्रक दुर्घटनामा ३ जनाको मृत्यु, ५ घाइते

मंगलबार, असोज २३, २०८०
Neuro hospital Nepalgunj

रसुवा । रसुवामा मिनी ट्रक दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै गरेको बा५ख ५७८ नम्बरको मिनी ट्रक सडकदेखि १०० मिटर तल खसेर  दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जो भने ५ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन् ।

दुर्घटनाका  घाइतेहरु मध्ये एक जनाको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको र अन्य ४ जना अस्पतालसम्म जान नपरेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्