इजरायलमा १० नेपालीको मृत्युमा भोलि राष्ट्रिय शोकको घोषणा

सोमबार, असोज २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारले भोलि १० जना नेपालीको निधनप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणबाट इजरायलमा रहेको १० जना नेपालीहरुको मृत्युको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो ।

आजको आकस्मिक मन्त्रिपरिषद बैठकले भोलि शोकमा देशभरका सबै सरकारी कार्यालय र विदेशमा रहेका कुटनियोग आयोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

साथै हमासको आक्रमणबाट मृत्यु भएका नेपालीका परिवारलाई १०-१० लाख रुपैयाँ समेत दिने निर्णय गरेको शर्माले बताइन् ।

इजरायलमा फसेका नेपालीहरुलाई यथाशिघ्र स्वदेश ल्याउनका लागि इजरायली सरकारसँग कुराकानी भइरहेको प्रवक्ता शर्माले जानकारी दिएकी छिन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्