इजरायलमा फसेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे कुराकानी, यथाशीघ्र उद्धार गर्छौ: प्रधानमन्त्री

सोमबार, असोज २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरेलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरेलको बङ्करमा रहेकाका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताएका थिए । उनले सोही विषयमा मन्त्रिपरिषद्को बैठक र सर्वदलीय बैठकमा छलफल हुने बताएका थिए । 

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरेली दूतावाससँग पनि यस बारेमा नियमित छलफल भइरहेको उल्लेख गरेका थिए । उनले यी सबै कुरा त्यहाँका अरु विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गरेका थिए । 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्