ललितपुरमा स्कुलबाट बच्चा लिएर आउने महिलाहरुको सिक्री लुट्ने गिरोह पक्राउ

मंगलबार, असार २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रहरीले स्कुलमा बालबालिका लिन गएका महिलाहरुको लगाएका सिक्री लुटपाट गर्ने गिरोहलाई  पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुरका अनुसार ललितपुरमा  असार १७ देखि १९ गतेसम्म चार वटा लूटपाटका घटना भएका थिए। असार  १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको।

१८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो ।

सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन भएको प्रहरीले बताएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।

घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रुपमा प्रयोग भएको पाइएको प्रहरीको दाबी छ ।

सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकलरस्कुलमा चढेर भाग्ने गरेका थिए ।

‘बच्चालाई छोडेर प्रतिकार गर्न नसक्ने भएकाले स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेको देखिन्छ’ ललितपुर प्रहरी प्रमुख शिद्धिविक्रम शाहले बताए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्